Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पश्चिमाञ्चल फाइनान्सद्धारा कर्मचारीहरुलाई तालिम

बुटवल २० माघ– पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड वुटवलले, व्यवस्थापकिय र सहायक स्तरको आफ्ना कर्मचारीहरुलाई ‘एस्क्लुसिभ वैकिङ तालिम’ प्रदान गरेको छ ।
 तालिममा केन्द्रिय कार्यालय लगाएत ९ वटा शाखाका उच्च व्यवस्थापक र सहायक स्तरका कर्मचारी गरि ४० जना सहभागी भएका थिए ।काठमाडौं स्थित केफए टेनिङ सेन्टरमा माघ १६ गते देखि ३ दिन चलेको तालिममा वैक तथा वित्तीय संस्थासंग सम्वन्धित विज्ञहरुवाट तालिम दिइएको थियो ।
 तालिममा वर्तमान बैंकिङ परिदृश्य, उद्योग जोखिम, तथ्याङक विष्लेषण, क्रेडिट व्यवस्थापन, उपभोक्ता वित्त, अपरेसनल जोखिम, नगद व्यवस्थापन, ग्राहक सेवा लगाएतका विषयमा तालिम प्रदान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तिर्थप्रसाद पौडेल तथा कम्पनीका अध्यक्ष दीपक कुमार श्रेष्ठ लगायतले तालिमको आवश्यकता, महत्व र कार्यान्वयन पक्षमा विशेष मन्तव्य व्यक्त गरेका थिए । 

0 comments

तपाईंको प्रतिकृया