रंगको पर्व होली हर्शाेल्लासका साथ मनाइँदै
काठमाडौं २ चैत। रंगहरूको पर्व होली नेपालको पहाडमा आज र तराईमा भोली विशेष उल्लासका साथ मनाइँदैछ । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ ।
दैत्यराज हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेख छ ।
यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी होलिका मारिएको अवसरमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रंग, अबीर खली खुशीयाली मनाई होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ ।
होलीको अवसरमा उपराष्ट्रपति प्रधानमन्त्री लगायतले शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपति परमानन्द झाले शुभकामना दिँदै फागुपूणिर्माले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी मेलमिलापको वातावरण सिर्जना गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना दिँदै हाम्रा चाडपर्वले समुदायका बासिन्दाबीच सद्भाव बढाउने, एकताबद्ध गर्न सघाउने तथा विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वर्द्धन गर्न अभिप्रेरित गर्ने बताउँदै असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिई उल्लासपूर्वक मनाइने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया