नेपालद्वारा अफगानिस्तान ९ रनले पराजित
बुटवल ६ चैत। ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालद्धारा अफगानिस्तान पराजीत भएको छ । नेपालले ९ रनको जित हात पारेको हो ।
चटगाउँस्थित जोहर अहमेद चौधरी स्टेडियमा नेपालले दिएको एक सय ४२ रनको चुनौति पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर एक सय १३२ रन मात्रै जोड्न सक्यो । अफगानिस्तानलाई हराउन नेपालका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए । यस्तै शक्ति गौचन र सोमपाल कामीले समान दुई९दुई विकेट लिँदा बसन्त रेग्मीले एक विकेट लिए । ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिएका जितेन्द्र मुखिया प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । नेपालका लागि ओप्नर व्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ५६ रन बनाए । सुवासले ५३ बलको सामना गर्दै ६ चौका र एक छक्का प्रहार गरे । यस्तै सरद भेष्वाकरले ३७ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले २२, सागर पुन ८ र कप्तान पारस खड्का एक रन बनाएर पेभिलियन फर्के । विनोद भण्डारी ४ तथा नरेश बुढाऐर २ रनमा अविजित रहे । साँझ सवा ७ बजे हुने खेलमा हङकङले बंगलादेशलाई भारी अन्तरले पराजित गरेको खण्डमा नेपाल सुपर टेन प्रवेश गर्ने छ ।

0 comments
तपाईंको प्रतिकृया