Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाल ९ स्थानमाथि उक्लियो


काठमाडौं २९ फागुन। विश्व फुटबल महासंघ (फिफा) को बरियताक्रममा नेपाल ९ स्थानमाथि उक्लिएको छ ।  यसअघि अघिल्लो महिना फिफाले सार्वजनिक गरेको वरियताक्रममा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो । फिफाले बिहीवार सार्वजनिक गरेको बरियतामा नेपाल ९ स्थान फड्को मार्दै एक सय ६० औँ स्थानमा उक्लिएको हो ।दक्षिण एसियामा अग्रस्थानमा रहेको अफगानिस्तान भने एक सय २७ औँ स्थानमा छ । यसैगरी भारत एक सय ५२ औँ स्थानमा छ भने माल्दिम्स १ सय ५७, बंगलादेश १ सय ६२ र पाकिस्तान १ सय ५८ औँ स्थानमा रहेका छन् ।  श्रीलंका १ सय ७३ औँ स्थानमा उक्लिएको छ भने भुटान २०७ औँ स्थानमा यथावत छ ।
फिफा बरियतामा स्पेन एक नम्बरमा रहँदा जर्मनी दोस्रो, अर्जेन्टिना तेस्रो र पोर्चुगल चौथो स्थानमा कायमै रहेका छन् । सन् २०१४ को विश्वकप आयोजक राष्ट्र ब्राजिल भने नबौँ स्थानमा यथावत नै रहेको छ ।

0 comments

तपाईंको प्रतिकृया