Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अध्यक्षमा केसी, प्रधान सम्पादक कुंवर सचिवमा निर्वाचित

बुटवल १८ फागुन – नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष पदमा १३० मत लिएर शेरबहादुर केसी निर्वाचित भएका छन । आईतवार विहान घोषित मतपरिणाम अनुसार केसीका प्रतिद्धन्दी रामराज पोख्रेल थिए उनले ७३ मत प्राप्त गरेका छन ।  त्यसै गरी उपाध्यक्षमा यानेन्द्र जिसि १०८ मत ले बिजयी विजयी भएका छन । प्रतिद्धन्द्धी हरिष ढकाल लाई १७ मत ले पछि पार्दै जिसि बिजयी भएको हुन । सचिव पदमा सुपरखबर डट कमका प्रधान सम्पादक रुद्रहरि कु“वर निर्वाचित भएका छन  । उनि १०४ मत लिई निकट्तम प्रतिद्धन्द्धी भवानी प्रसाद पाण्डेलाई ९ मत ले पछि पार्दै विजयी भएका हुन ।
कोषाध्यक्ष पदमा १०२ मत का साथ बिश्वास ढकाल निर्वाचित भएका छन । आफ्ना प्रतिद्धन्द्धी दिपक बिश्वकर्मा लाई ६ मत को झिनो अन्र्तरले हराउदै ढकाल कोषाध्यक्ष पद मा निर्वाचित भएका हुन ।  सहसचिब को लागि परेको सोभाकान्त रेग्मी र सुरज भण्डारीको उमेद्धवारी मा ९० मत को भारी अन्र्तरले सुरज भण्डारी बिजयी भएका छन । रेग्मी लाई ५० मत परेको थियो भने भण्डारी लाई १४० मत खसेको थियो ।  त्यस्तै महिला तर्फ सन्जु पौडेल ,जनजाति तर्फ स्वस्तिक श्रेष्ठ निर्वाचित भएका छन ।
भने दलित तर्फ बिनोद परियार र मधेशी तर्फ राम बिकास चौधरी  निर्विरोध निर्वाचित भए । खुल्ला तर्फकोसदस्यहरु मा दिपु ज्ञवाली, , सीपि खनाल, तेजेन्द्र केसि, लक्ष्मण पोख्रेल, भरत प्रधान, केशव भण्डारी, कपिल ज्ञवाली, दिपक घिमिरे निर्वाचित भएका छन ।
त्यस्तेै पार्सदहरुमा दिपक ज्ञवाली १४३, सुमन अधिकारी १३१, यमलाल भुसाल १२२, बालकृष्ण चापागाई,११७, खिमानन्द भट्राई ११७, दिपेन्द्र कुंवर ११६, अमृता अनमोल ११२, बिष्णु प्रसाद घिमिरे १०९, महेन्द्र थापा १०७, अमृत गिरि १०६, ईन्दीरा अर्याल १०६, माधव नेपाल १०५ भगवती पाण्डे १०४, बिनोद पाहाडि १०४, डिआर घिमिरे १०२, भरत केसि १०२, बिक्रम खड्का १०१,  रामकृष्ण भण्डारी १०१ , हरि लम्साल ९९, डायलसन अधिकारी ९५, टेक मास्की ८९, पण्डित बाबुराम भुषाल ८९, टेकराज शर्मा ८७, यम राना ८७, बेल प्रसाद गौतम ८६, चेतन पन्त ८६, बसन्त पाख्रेल ८५, मिना ढकाल ८४, भिम गुरुङ ८४, टिपि भुषाल ८३, दमोदर खनाल ८३, र माया गौतम ८३ मत ले बिजयी भएका छन ।
महासंघ रुपन्देहीको नवौ अधिवेशनको सनिवार मन्त्रि राधा ज्ञवालीले उद्घाटन गरेकी थिइन । आईतवार विहान आयोजित वधाई कार्यक्रममा केन्द्रिय प्रतिनिधी उजिर मगरले पत्रकारितालाई विकृती रहित र गुणात्मक विकासको लागी महासंघको भुमिका महत्वपुर्ण हुने वताए । प्रमुख निर्वाचन अधिकृत वसन्तराज खनाल, अधिकृत जीवनारायण अधिकारी , अधिकृत मनिकर कार्कीले निर्वाचित पदाधीकारी सदस्य तथा सभासदहरुलाई वधाई ज्ञापन दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया