बृद्ध वृद्धाहरुलाई खाद्यान्न वितरण
बुटवल, ६ चैत । मासु व्यवसायी संघ रुपन्देहीले बिहीबार सिद्धबाबा दुर्गा भवानी शिव कुमारी शैजु वृद्धाआश्रम बुटवल– ४ फुलबारीका बृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ ।
संघले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्ने उद्देश्यले आश्रमले खाद्यान्न वितरण गरेको जनाएको छ । संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलले आश्रमका अध्यक्ष गणेशमान सैजुलाई खाद्यान्न, फलफुल, तरकारी लगायत १० हजार मूल्य बराबरका सामग्री हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता, आश्रमका अध्यक्ष गणेशमान सैजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव विरेन्द्र रानाले गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया