Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
माओवादीले स्थानीय चुनाव बहिस्कार गर्ने

भक्तपुर २६ फागुन। नेकपा माओवादीका प्रवक्ता पम्फा भुसालले सरकारले स्थानीय निकायको चुनाव घोषणा गरे बहिस्कार गर्ने बताएकी छन् ।
रफत सञ्चार क्लबमा सोमबार आयोजित अन्र्तक्रिया कार्यक्रममा भुसालले नयाँ संविधान निमार्णपछि मात्रै स्थानीय निकायको निर्वाचनका लागि समय तोक्नु पर्ने उनले बताइन् ।
जेठमा स्थानीय निकायको निर्वाचन गर्नु भनेको संविधान निर्माण नगर्ने खेल भएको उनको भनाई छ । माओवादी प्रवक्ता भुसालले संसदीय ब्यवस्था असफल भइसकेकाले त्यसबाट बन्ने संविधानले जनतालाई कुनै असर नपर्ने बताइन् ।

0 comments

तपाईंको प्रतिकृया