Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जीप दुर्घटनामा दुई जनाको मृत्यु

गुल्मी २७ फागुन– ठूलो लुम्पेक गाविसमा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा ठूलो लुम्पेक ३ का सन्तबहादुर राहादी र उनकी श्रीमती थगिश्वराको मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार क्रममा मृत्यु भएको हो।ठूलो लुम्पेकबाट बुटबल जाँदै गरेको लु१ज १९५८ नम्बरको जिप वडा नम्बर २ र ३ को सिमानामा पर्ने कुँदारमा दुर्घटनामा परेको हो। ब्रेक फेल भई दुर्घटना भएको उक्त जिप सडकबाट ५० मिटर तल खसेको थियो। घाइतेहरू सबैको प्रवासमै उपचार भइरहेको छ। 

0 comments

तपाईंको प्रतिकृया