‘धेरै क्षती हुने गरी रेलमार्ग विस्तार गर्नु हुदैन’
नेपाली कांगेसका नेता तथा सभाषद वाल कृष्ण खाडले बुटवल घना वस्ती भएकाले रेल मार्ग विस्तार गर्दा धेरै क्षेती हुने बताउदै आफू त्यो पक्षमा नभएको बताए । आफूले १० वर्ष अघि नै पुर्व पश्चिम रेलमार्ग वनाउनु पर्छ भनेर आवाज उठाएको स्मरण गदै उनले सम्पत्तिको वढि क्षती गरेर कुनै पनि विकास निर्माण गर्न नहुने बताए ।
उनले बुटवलवाट रेलमार्ग लैजान मिल्नृ वा नमिल्ने विषयमा प्राविधीक संग कुरा गर्ने वताए । त्यस्तै एमाओवादीका नेता तथा सभाषद भक्ति पाण्डेले आफू र आफ्नो पार्टी ठूलो क्षेती हुने गरी विकास गर्नु पर्छ भन्ने पक्षमा नरहेको वताउदै रेलमार्गको वैकल्पीक मार्गको विषयमा सम्वनधीत मन्त्रालयमा ध्यानकर्षण गराउने आस्वासन दिए । प्रस्तावित रेलवे पिडित संघर्ष समितीका पदाधीकारीहरुले मंगलवार उनिहरुलाई भेट गरी ज्ञापन वुझाएको हो । वुटवल नगरपालिका प्रमुख कार्यकारी अधिकृत वावुराम गौतमको नेतृत्वमा गएको सर्व पक्षिय टोली यस अघि भौतिक तथा यातायात मन्त्रालयमा र रेलवे विभागमा पुगी बुटवलवाट रेलमार्ग लैजान उचित नहुने जनाउदै वैकल्पिीक मार्गको खोजी गर्न आग्रह गरेको थियो ।
त्यसै गरी एमाले नेता तथा सभाषद विष्णु पौडेल , नेपाली कांग्रेसका नेता तथा सभाषद अब्दुल रज्जाक लाई भेट गरी विकल्वको खोजी गर्न आग्रह गरेको संघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद चापागाईले जानकारी दिए । बुटवल नपा कार्यकारी प्रमुखको नेतृत्वमा काठमाडौ गएको टोली मंगलवार बुटवल फर्किएको छ ।

0 comments
तपाईंको प्रतिकृया