Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
इन्स्योरेन्सद्धारा पुनर्ताजकीय तालिम तथा सम्मान

बुटवल ८ चैत– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाको आयोजनामा अभिकर्ता सम्मान तथा पुनर्ताजकीय  तालिम कार्यक्रम सनिवार सम्पन्न भएको छ । 
कम्पनीका कार्यकारी अधिकृत भरत वस्नेतको सभापतित्व, सहायक महाप्रवन्धक सुरेस प्रसाद खत्रीको आतिथ्यता, क्षेत्रिय प्रमुख प्रदिप थापाको स्वागत तथा बुटवल शाखाका मार्केटिङ प्रमुख गोपाल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा २ सय २१ जना विमा अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
तालिममा सहभागी इन्द्र प्रसाद तिवारी र संगिता भट्टराईले कम्पनीको विमा पोलिसी सरल र लाभदायीक भएकाले विमा गर्नेहरुको आकर्षण नेशनल लाईभ इन्स्योरेन्समा वढेको बताएका थिए ।
सहभागी अभिकर्ताहरुलाई प्रशिक्षक योगेन्द्र खतिवडाले प्रशिक्षण दिएका थिए। सो अवसरमा कम्पनीले राम्रो काम गरेका विमा अभिकर्तालाई सम्मान गरेको छ । कज्पनीले  लुम्विनी अंचलका २७ जना अभिकर्ताहहरुलाई सम्मान गरेको हो ।
देशभर ४७ शाखा र १० हजार अभिकर्ता रहेका उक्त कम्पनीको अधिकृत पुंजी १ अर्ब र चुक्ता पुंजी ५० करोड बताइएको छ ।   

0 comments

तपाईंको प्रतिकृया