Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

विद्यार्थी संगठनद्वारा  विरोध

काठमाडौं ३० फागुन। नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुने गरि पेट्रोलियम पदार्थमा  मूल्य वृद्धि गरेको छ ।  निगमको सञ्चालक समितिको बैठकले  पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा ६र६ रुपैयाँ, हवाई इन्धन आन्तरिक उडानतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ सय डलर प्रतिकिलोलिटर मूल्यवृद्धि गर्ने निर्णय गरेको हो  ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य १ सय ४० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १ सय ९ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १ सय ४३ रुपैयाँ पुगेको छ ।
 निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले चुलिँदै गइरहेको घाटालाई कम गर्न मूल्य वृद्धि गर्नुपरेको बताए । उनका अनुसार निगमलाई अहिले मासिक १ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ मासिक घाटा रहेको छ ।

उता नेपाल आयल निगमले शुक्रबार अकस्मात पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै विभिन्न पक्षले त्यसको विरोध गरेका छन् । विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनहरुले समेत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् ।

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु, एमाओवादी निकटको अखिल क्रान्तिकारी, तराई मधेश विद्यार्थी फन्टलगायतका विद्यार्थी संगठनहरुले विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन आयल निगमलाई आग्रहसमेत गरेका छन् । मूल्यवृद्धि फिर्ता नभए शसक्त आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ।  विद्यार्थी संगठनले विद्यार्थीहरुलाई मर्का पर्ने गरी गरिएको मूल्यवृद्धि आफूहरुलाई मान्य नहुने बताएका छन् ।

0 comments

तपाईंको प्रतिकृया