Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नगरपालिकाद्धारा सार्वजनीक सुनुवाइ

बुटवल २९ फागुन । बुटवलवासीले बुटवल नगरपालिकालाई  पर्याप्त खानेपानी उपलब्ध गराउन तथा सरसफाइमो ध्यान दिन आग्रह गरेका छन् ।
बुटवल नगरपालिकाले विहिवार  बुटवल वडा १० मा गरेको सार्वजनीक सुनुवाइ कार्यक्रममा बोल्ने वक्ताहरुले बढ्दो जनसंख्याले खानेपानी र सरसफाइको विषय गम्भीर बनेकाले यी समस्यालाई प्राथमिकताको सुचिमा राख्न आग्रह गरे ।
नागरीकहरुले पहुंचका आधारमा नभै समानता, समावेशी र आवश्यकताका आधारमा विकासका योजनाहरु बनाउन र कार्यान्वयन गर्न पनि सुझाव दिए । कमसल निर्माण र अत्यधिक भारवहनले नगरभित्रका सडक जीर्ण बन्दै गएको बताउदै उनीहरुले गुणस्तरीय सडक निर्माण, मर्मत तथा सुधार र विस्तारमा ध्यान दिन आग्रह गरे ।
साघुंरो सडकमा विद्युत तारका कारण समस्या आएको बताउदै इन्सुलेसन तारको व्यवस्था गर्न, अव्यवस्थीत वसोवासलाई व्यवस्थीत गर्न, मिचिएका सार्वजनीक संरचना खाली गर्न पनि नागरीकले माग गरे । बुटवलको वडा नम्बर ९, १०, ११ र१२ लाई लक्षीत गरी गरीएको नागरीक सर्वेक्षणमा नागरीकहरुले योजना मुल्यांकन तथा अनुगमनलाई पारदर्शी बनाउन, कर्मचारीहरुलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउन, नक्साफाटका प्राविधिकहरुलाई कार्यालय समयमा कार्यालयमै बस्ने बनाउन र लक्षीत वर्गको बजेट लक्षीत वर्गमै खर्च गर्न सुझाव दिएका छन् । सार्वजनीक सुनुवाइ कार्यक्रममा सेवा प्रवाहका बारेमा ३५ जनाले लिखित तथा मौखिक प्रश्न राखेका थिए ।  नागरीकको प्रश्न तथा सुझावका बारेमा इलाका प्रहरी कार्यालयका प्रमुख, दिनेश आचार्य, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा प्रमुख शुशिलकुमार यादव, खानेपानी सस्थानका लोकबहादुर कुंवर, बुटवल नगरपालिकाका वरीष्ठ अधिकृत विष्णुप्रसाद खनाल, भुवाप्रसाद लुंइटेल, योजना प्रमुख सुमन श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत बाबुराम गौतम लगायतले जवाफ दिएका थिए ।
बुटवल नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बाबुराम गौतमको अध्यक्षता, वरीष्ठ अधिकृत विष्णु खनालको स्वागत तथा सामाजिक शाखा अधिकृत अधिकृत दामोदर ज्ञवालीको संचालनमा भएको कार्यक्रमको अमृता अनमोल र तुल्सा शर्माले  सहजीकरण गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया