Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
होली पर्वमा होली मिलन

बुटवल, २ चैत । विभिन्न संघ संस्थाहरुले आईतवार होली मिलन कार्यक्रम गरेर होली पर्व मनाएका छन । बुटवल उद्योग बाणिज्य संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी रुपन्देहीले होली (फागु) मिलन कार्यक्रम आईतवार विहान  सम्पन्न गरेको छ । त्यसैगरी रुपन्देही उद्योग संघले पत्रकारहरुसंग मैत्रीपुर्ण भलिवल खेलेर होली मिलन कार्यक्रम गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघले पनि आईतबार होली मिलन कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेसका पुर्व सभासद सुर्यप्रसाद प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया, व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल, बुटवल नगरपालिकाका प्रमुख बावुराम गौतम , नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी रुपन्देहील संघका अध्यक्ष मोदनाथ बेल्बासेको अध्यक्षता तथा होटल व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार महेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै उनले प्रहरीले सुरक्षासर्तकताका बहानामा व्यवसायीहरुलाई दुख दिएको बताए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य देविकुमार श्रेष्ठ, लाल बहादुर के.सी., संघका संस्थापक सदस्य गोविन्द तुलाचन, नेपाल तारा गौचन, कमलदेव श्रेष्ठ, प्रेस सल्लाहकार यमलाल भुषाल, बुटवल टुडेका सम्पादक सुरज भण्डारी, पत्रकार सुमन अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसै गरी  होली पर्वको अवसरमा स्वाभिमान टोल विकास समिति, बुटवल–१३ देवीनगरले होली विशेष कार्यक्रम आयोजना गरेको छ । आज र भोलि दुई दिनसम्म देवीनगरको नमूनापथमा भलिबल, कुर्सीदौड, घैंटो फोर प्रतियोगिता लगायतका कार्यक्रम गरी होली विशेष कार्यक्रम मनाउन लागिएको टोल विकास समितिले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया