मुल्यवृद्धिको विरोध गर्दे विद्यार्थी सडकमा
बुटवल ४ चैत्र– पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलनमाथी प्रहरीले हस्तक्षेप गरेको छ । रुपन्देहीमा क्रियाशिल ५ विद्यार्थी संगठनले मंगलवार बुटवलका विभिन्न स्थानमा दुई घण्टा चक्काजाम गरेको थिए ।
चक्काजाम खुलाउने क्रममा अनेरास्ववियु जिल्ला सदस्य लक्ष्मण पाण्डे, बालकृष्ण पोखरेल, बेजु गुरुङ्ग र अखिल क्रान्तिकारीका बिजय पोखरेल गिरफ्तार परेका थिए भने अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष शेषकान्त पोखरेल र सदस्य मदन थापा घाइते भएका छन् ।
कोणसभाअनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बसन्त ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र पन्थी, नेविसंघका जिल्ला सचिव विक्रम शेरचन, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक दामोदर भुसाल र अखिल छैठौंका जिल्ला सचिव गणेश थापा लगायतले सरकारले खानेपानीमा मूल्य वृद्धि, त्यसपछि दुधमा फेरी पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेर सुशील कोइराला नेतृत्वको सरकारले नेपाली गरिब जनताको चुलो र भोको पेटमा लात हानेको बताएका थिए ।
उनिहरुले यदि यो सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने बस्तुमा गरिएको मूल्य वृद्धि तुरुन्त फिर्ता गरी नेपाली गरिव जनताहरुलाई राहत दिन नसके आन्दोलन नरोकिने बताएका थिए ।
संयुक्त विद्यार्थी आन्दोलन अन्तर्गत आजै चैत्र ४ गते बेलुका ५ः३० बजे बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालिने अखिलका प्रचार विभाग प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया