पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको संसदमा विरोध
काठमाडौं ४ चैत। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई व्यवस्थापिका संसदमा चर्को दबाव परेको छ ।
विपक्षी दलका नेताहरुले मूल्यवृद्धिबारे सरकारको जवाफ मागेपछि अर्थमन्त्रीले संसदको रोष्ट्रममा उभिएर मूल्यवृद्धिबारे जवाफ दिन बाध्य भएका छन् । सदनमा अर्थमन्त्री रामशरण महतले तत्काल भारतीय आयल निगमलाई पाँच अर्ब नतिरे भोलि केही समयदेखि तेलको आपूर्ती नै बन्द हुने सम्भावना रहेको बताएका थिए।
आयल निगमले एक महिनामा १ अर्ब ७० करोडको घाटा व्यहोरिरहेको हुनाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता भएको अर्थमन्त्री महतको भनाई थियो ।
राप्रपा नेपाल, एमाओवादी र अन्य दलका सभासदले मूल्यवृद्धि फिर्ता लिने निर्णय नभएसम्म संसद चल्न नदिने भन्दै विरोध गरिराखेका छन् । सदनमा कांग्रेसकै सभासद अर्जुन नरसिंह केसीले समेत मूल्यवृद्धिको विरोध गर्दै संसदमा आवाज उठाएपछि यसले संसदमा सरकारलाई अझ बढी दबाव दिएको छ । सदनमा बोल्ने सभासदहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया