नेपालको सम्मानजनक पराजय
बुटवल ४ चैत। ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित हुनु परेका छ । हारका बावजुत नेपालले टेष्ट राष्ट्र बंगलादेशविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ ।
चटगाउँस्थित जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन बनाए भने शरद भेसवाकर ४१ रनमा अविजित रहे । ३९ रन बनाउँदा तीन विकेट गुमाएको नेपाललाई सम्माजनक स्कोरमा पु¥याउन पारस र शरदले ८५ रनको साझेदारी गरेका थिए । आईसीसीको औपचारिक खेलमा नेपालको यो सर्वाधिक साझेदारी हो ।
जितपछि बंगलोदश ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । मंगलबार भएको पहिलो खेलमा हङकङलाई ७ विकेट हराएको अफगानिस्तानको पनि समान २ अंक छ तर, रन रेटका आधारमा तेस्रो स्थानमा छ । लगातार दुई हार व्यहोरेको हक भने लगभग प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशविरुद्ध नेपालले १४०÷१४५ रन बनाउने लक्ष्य लिएको थियो । तर, ज्ञानेन्द्र मल्लको विकेट तथा अन्तिम ओभरमा विनोद भण्डारीको प्रदर्शन राम्रा हुन सकेन ।
नेपालले पहिलो विकेटका रुपमा ३।६ ओभरमा ओपनर सुवास खकुरेललाई व्यक्तिगत ८ रनमा गुमायो । छैटौं ओभरको पहिलो बलमा सागर पुन १२ रनमा आउट भएका थिए भने तेस्रो बलमा ज्ञानेन्द्र १३ रनमा पभेलियन फर्किएका थिए ।
नेपालले आफ्नो अन्तिम खेलमा बिहीवार अफगानिस्तानको सामना गर्ने छ ।

0 comments
तपाईंको प्रतिकृया