Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारद्धारा १६ अर्बको वैदेशिक सहायता अनुमोदन

काठमाडौं ६ चैत। सरकारले विश्व बैंकलगायत विभिन्न दातृ निकायबाट प्राप्त हुने करिब १६ अर्ब रुपैया वैदेशिक सहायतालाई अनुमोदन गरेको छ ।  विहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट ४ अर्ब ८८ करोड सिंचाइ क्षेत्रका लागि लिने निर्णय गरेको छ । त्यसैगरी ग्रामीण यातायात सुधारका लागि विश्व बैंकबाट ९ अर्ब ८५ करोड र स्वीस सरकारबाट २ अर्ब १२ करोड वैदेशिक सहायता प्राप्त गर्ने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बताए ।

बैठकले राष्ट्रिय जलस्रोत पुरस्कारको स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले बेरुजु फछ्र्यौट मूल्यांकन र अनुगमन समितिमा दयानाथ शर्माको करार अवधि थप गर्ने निर्णय गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया