Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पोर्न स्टार सन्नी पतिसँग नेपाल भ्रमणमा

बलिउडमा आफ्नो तेश्रो चलचित्र ‘रागिनी एमएमएस २’ बाट चर्चामा आएकी पोर्न स्टार सन्नी लियोनी पति डेनियल सहित नेपाल भ्रमणमा आएकी छन  ।  उनी काठमाण्डौको एक पाँच तारे होटलमा रहेको वुझिएको छ । उनी ११ बजे नेपाल ल्याण्ड भएर सिधै उक्त होटलमा पुगेकी थिइन् ।
 निजी भ्रंमणको सिलसिलामा काठमाण्डौ आएकी सन्नीको तस्बिर खिच्न मिडियालाई दिइएको छैन ।
नेपाल आउनु अघि सन्नी र उनका पति डेनियलले नेपाल आउन लागेको जानकारी दिएका थिए । यसलगतै नेपाली मिडिया र टाइमलाइनमा यसले व्यापकता पाएको थियो । दर्शना आट्सले सन्नीको नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ को नेपाल वितरणको जिम्मा लिएको छ ।
यसैले पनि बालाजी फिल्मस्लाई दर्शनाले पत्रकार सम्मेलनको लागि आग्रह गरिरहेको वुझिएको छ । यदी बालाजी फिल्मस्की प्रमुख एकता एकुपरले दर्शनाको आग्रह मानेको खण्डमा भोली पत्रकार सम्मेलन हुनसक्छ । सन्नी कती दिन नेपाल बस्नेछिन् भन्ने बारेमा केही खुलाइएको छैन ।

0 comments

तपाईंको प्रतिकृया