Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
झडपमा आधा दर्जन बिद्यार्थी घाइते

भैरहवा, ७ चैत । यहा स्थित पक्लिहवा कृषि क्याम्पसमा दूइ बिद्यार्थी संगठन बिच झडप हुदा आधा दर्जन बिद्यार्थी घाईते भएका छन् ।
नया बिद्यार्थी भर्ना प्रकृयामा आआफ्नो संगठनमा नया बिद्यार्थी आवद्ध गराउने बिषयलाई लिएर बिवाद हुदा  झडप भएको हो ।
शुक्रवार दिउसो  एमाओबादी निकट अखिल क्रान्तिकारी र एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियु को झडप भएको थियो । झडपमा दुबै पक्षका आधा दर्जन बिद्यार्थी घाईते समेत भएको जिप्रका रुपन्देहीका प्रमुख एस.पी. बिक्रम सिं थापाले जानाकारी दिए ।
घाईते बिद्यार्थीलाई भैरहवा स्थित युनिभर्सल मेडीकल कलेज अफ शिक्षण अस्पताल भर्ना गरिएको छ ।घाईते बिद्यार्थीको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । क्याम्पसमा थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको छ ।


0 comments

तपाईंको प्रतिकृया