Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लुम्बिनीमा अब बिद्युतिय रिक्सा सरर

कमल रायमाझी
भैरहवा, १० चैत ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थान लुम्बिनीमा बातावरणीय प्रदुषण रोक्नका लागी बिद्युतिय रिक्सा संचालनमा ल्याईने भएको छ ।
 लुम्बिनी क्षेत्रमा बाताबरण प्रदुशण भएको भन्ने आवाज स्थानिय स्तरमा बारम्वार उठने गरे पछी यसको बिकल्पको रुपमा बिद्युतिय रिक्साको प्रयोग गरिएको लुम्बिनी बिकास कोषले जनाएको छ ।
एक करोड ५० लाख रुपैयाको लागतमा ५० बटा रिक्सा  सञ्चालनमा ल्याउन लागीएको बिकास कोषका सदस्य सचिव अजितमान तामाङले बताए । सञ्चालनमा ल्याउन लागीएको हो रिक्सामा एकपटकमा ६ जना एक रिक्सामा सवार गर्न पाउने भएको छन् ।
लुम्बिनी क्लिन ट्रान्सर्पोट नाम दिइएको रिक्सा एक पटक चार्ज गरे पछी ८० किलोमिटर गुडन सक्ने क्षमता रहेको छ । लुम्बिनी घुम्न आएका पर्यटकले रिक्सा चडने टिकट लिए पछी  लुम्बिनी क्षेत्रको जुन स्थान बाट कुनै पनि रिक्सामा सवार गर्न पाउने भएका छन् । लुम्बिनी बिकास कोषले लुम्बिनीमा रहेको बसपार्क नजिक रहेको मितेरी पुलबाट रिक्सा सञ्चालन गर्ने भएको छ । लुम्बिनी क्षेत्र भित्र संचालनमा हुने ति रिक्साको रुटको समेट व्यवस्था गरेको छ ।  कोरियन सस्था कोइका नेपालको सहयोगमा ति रिक्सा सञ्चालनमा आउन लागेका हुन् ।

0 comments

तपाईंको प्रतिकृया