काँग्रेसले सभाषदबाट पाँच हजार लेबी लिने
काठमडौँ,९ चैत । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन यही चैत १२ गते हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेका केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले संसदीय दल कार्यसमितिको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिसमेत गठन गर्ने निर्णय गरेको छ।
संसदीय दल कार्यसमितिको निर्वाचन सम्पन्न गर्न प्रवक्ता दीलेन्द्रप्रसाद बडूको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय रमेश रिजाल र रामचन्द्र तिवारी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ।
समितिले भोलिसम्ममा निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता बडूले जानकारी दिए।
बैठकले संविधानसभामा रहेका पाँच समिति र व्यवस्थापिका–संसदमा रहेका ११ समिति गठनका लागि नेपाली काँग्रेसका सभासद्लाई आफ्नो रुचीअनुसार प्राथमिकताको क्रम निर्धारण गर्न समेत निर्णय गरेको छ। केन्द्रीय समिति र संसदीय दलको कार्य सञ्चालनका लागि ‘लेबी’ लिने निर्णयसमेत आजको बैठकले गरेको छ । प्रत्येक सभाषदबाट रु पाँच हजार लेबी लिने र त्यसमध्ये २० प्रतिशत संसदीय दलले र ८० प्रतिशत पार्टीले लिने निर्णय पारित भएको प्रवक्ता बडूले जानकारी दिए। रासस

0 comments
तपाईंको प्रतिकृया