महिला फूटबलको उपाधि नेपाललाई
काठमाडौ, ११ चैत । नेपालले मध्य तथा दक्षिण एसिया एफसी यु १४ महिला फूटबलको उपाधि हात पारेको छ।
नेपालले श्रीलंकामा अन्तिम खेलमा पनि विजयी यात्रालाई निरन्तरता दिनेक्रममा ताजकिस्तानलाई २(० गोल अन्तरले हराउदै ५ खेलबाट १५ अंकसहित उपाधि हात पारेको गोलनेपाल डटकमले जनाएको छ। खेलमा एलिसा नेपालले २१ र २३ मिनेटलमा लगातार २ गोल गरेपछि ताजकिस्तान नेपालसामू निरिह बनेको हो।
यसअघि नेपालले भुटानलाई ९/०, आयोजक श्रीलंकालाई १/०, भारत र इरानलाई समान ४/० गोल अन्तरमा हराएको थियो। लिगकम चरणमा ७०मिनेटमा खेलाइएको खेलमा नेपालसहित भारत, भुटान, श्रीलंका, ताजकिस्तान तथा इरानको सहभागिता थियो।

0 comments
तपाईंको प्रतिकृया