Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नुवाकोटमा पर्यटन सुचना केन्द्र बनाईने

बुटवल १२ चैत्र – पर्यटकिय क्षेत्रको सम्भाव्यता वोकेको स्थान दोभान ७ नुवाकोटमा पर्यटन सुचना केन्द्र स्थापना गरिने भएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको अगुवाईमा त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागी सुचना केन्द्र निर्माण हुने भएको हो  । पर्यटन सुचना केन्द्र भवन निर्माण स्थलमा मंगलवार वोर्ड राखिएको छ ।
संघका अध्यक्ष मोदनाथ बेल्वासेले छिट्टै सुचना केन्द्र भवन निर्माण गर्न लागिएको जानकारी दिए ।  अध्यक्ष बेल्वासेले  लुम्बिनी तथा पाल्पा आउने पर्यटकहरुलाई  नुवाकोट सम्म  ल्याउनको लागी थप पुर्बाधार निमार्ण गर्नु पर्ने बताए । 
एनले  नुबाकोटको महत्बबारे सहज रुपमा सुचना  नहुदा पर्यटकहरुलाई आर्कषीत गर्न नसकिएकोले सघले सुचना केन्द्र निमाण गर्न  लागेको बताए । 
नुवकोट बिकास समितीको पहलमा स्थानियबासीले  २ रोपनी जग्गा होटल तथा रेष्टुरेष्ट ब्याबसयी सघलाई नि सुल्क प्रदान गरेका हुन । 
नुवाकोट विकास समितीका अध्यक्ष माधव प्रसाद नेपालले नुवाकोटको एतिहासिक धार्मिक महत्व रहेकाले पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको बताए । उनले नुवाकोटको विकास गरी पर्यटन प्रवद्र्धनको लागी गुरुयोजना वनाएर काम गर्न लागेको जानकारी दिए । शान्ति पार्क , वस पार्क, स्वास्थ्य केन्द्र तथा स्तरीय रिसोर्ट संचालन गर्ने योजना रहेको उनले जानकारी दिए ।
संघका महा सचिब राम प्रसाद  गौतमले   नुबाकोटको पर्यटीय बिकासले बुटवलमा आर्थिक गतिबिधी प्रत्यक्ष प्रभाब पार्ने बताए ।  सघका वरिष्ट उपाध्यक्ष समुन्द्र जि सीले नुबाकोटको बिकास गर्न सबैले आफनो क्षेत्रबाट सहयोग  आग्रह गरे ।  

0 comments

तपाईंको प्रतिकृया