Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारद्वारा न्युनतम साझा कार्यक्रम सार्वजनिक

 काठमाडौं, ४ चैत । सरकारले मंगलबार आफ्नो न्युनतम साझा कार्यक्रम साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले सहभागी रहेको सरकारले सार्वजनिक गरेको सो नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचन, भौतिक पूर्वाधार विकास, विद्युत्भार कटौती योजना, आर्थिक समृद्धिलगायत विषय रहेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सिंहदरबारस्थित हर्क गुरुङ हलबाट १४५ बुँदको साझा कार्यक्रमका प्रमुख बुँदालाई कार्यक्रममा पढेर सुनाएका थिए।
कार्यक्रममा सरकारले एक वर्ष भित्र संविधान जारी गर्न संविधानसभालाई सरकारका तर्फबाट गर्न पर्ने कामलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय निकायको निर्वाचनलाई पनि जोड दिएको छ । संघीय संरचना अन्तर्गतका निकायहरु गठन नहुन्जेलका लागि दलहरुसंग परामर्श गरी स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरिने कार्यक्रममा उल्लेख छ ।
लोडसेडिङ कम गर्ने कामलाई सरकारले उच्च प्राथिमकतामा राखिएको भन्दै साँझको समयमा घरेलु प्रयोगका लागि विद्युत आपूर्तिको प्रयास गरिने साझा कार्यक्रममा समेटिएको छ ।सिंहदरवार र उपत्यका भित्रको तीन वटै जिल्लाको सडकमा सौर्य उर्जाको व्यवस्थामा जोड दिइने रिजालले बताए । प्रधानमन्त्री र मन्त्रीहरुको आचार संहिता एवं सरकार सञ्चालनको कार्यविधिसमेत सार्वजनिक गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया