Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मनोनित २६ सभासदमा दलिय भागबण्डा

काठमाडौं, १३ चैत । सरकारले मनोनित गर्ने २६ जना सभासद मनोनयनमा रानितीक् दलहरुले भागबण्डा मिलाएका छन ।
नेपाली कांग्रेस नौ, एमालेले सात, एमाओवादीले पाँच र बाँकी पाँचजना साझा सभासदका रुपमा मनोनयन गर्न दलहरु सहमति भइसकेका छन् । अन्य साना दललाई समेट्नुपर्ने खण्डमा थप छलफल गरेर एक एक जना घटाउने गरि सहमति भएको छ ।

  दलहरु बिच कुरा मिलेपछि दलभित्रै र बाहिरबाट कसलाई पार्ने भन्नेमा पार्टी नेतृत्वबीच छलफल सुरु भएको छ । प्रमुख तीन दलले दलको हैसियतअनुसार सभासद संख्या भागबण्डा गरिसकेकोले अब पार्टीले आफ्नो कोटामा नाम सिफारिस गर्नुपर्नेछ । नेपाली कांग्रेसले सभाषदचयन गर्ने विषयमा शीर्ष तहमा छलफल गर्दैछ ।  शुक्रबार बिहान छलफलको तयारी भइरहेको कांग्रेसका एक नेताले बताए । यसअघिको संविधानसभामा रहेका निलाम्बर आचार्य, राधेश्याम अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, शेरबहादुर केसी, लगायतको नाम कांग्रेसमा चर्चामा छ ।

एमालेले पार्टी भित्र र बाहिरका मिलाएर सभासद चयन गर्ने बताएको छ । नेता, विज्ञ, व्यवसायीक क्षेत्रबाट ल्याउने गरि छलफल भइरहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले यसअघिको संविधानसभामा सक्रिय अग्नि खरेल, प्रदीप नेपाल, पृथ्वीसुब्बा गुरुङ, राजेन्द्र राई, जिविस महासंघका प्रवक्ता कृष्णप्रसाद जैशी लगायतको नाम चर्चामा रहेको छ ।

एकीकृत माओवादीले यसअघिको संविधानसभामा रहेका खिमलाल देवकोटासहित पाटी निकट मानिएका तर स्वतन्त्र देखिने नामहरु छान्ने तयारी गरेको छ । श्याम श्रेष्ठको नाम पनि एमाओवादीमा चर्चामा रहेको छ । चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई भने मनोनित सभासद्मा हिस्सा नदिन पनि ठूला दल सहमत भएका छन् ।
 

0 comments

तपाईंको प्रतिकृया