पेट्रोलियम पदार्थको मूल्यमा आंशिक कटौती
काठमाडौं ६ चैत। सरकारले पेट्रोलियम पदार्थको मूल्यमा आंशिक कटौती गरेको छ ।
अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका वनमन्त्री महेश आचार्यले पेट्रोलमा ५ रुपैयाँ ५० पैसा र मट्टीतेल तथा डिजेलमा ३ रुपैयाँ ५० पैसा घटाउन आयल निगम सहमत भएको बताए ।
मन्त्री आचार्यले सदनलाई दिएको जानकारी अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ भने मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ कायम हुने भएको छ ।यसअघि सरकारले पेट्रोलमा १० र डिजेल तथा मट्टीतेलमा ६ रुपैयाँ वृद्धि गरेको थियो । मूल्यवृद्धिका विरुद्ध सदनदेखि सडकसम्म चर्को विरोध भएपछि सरकार पछि हटेको हो ।
व्यवस्थापिका संसदमा पेट्रोलियम पदार्थको मूल्य घटाउन आयल निगमसँग सहमति भएको जानकारी गराएपछि संसदको बैठक सुचारु भएको छ । मूल्य आंशिकरुपमा घटाएपछि आयल निगमले आन्दोलनरत विद्यार्थीहरुलाई वार्ताका लागि बोलाएको छ । मूल्य घटाउने निर्णयसँगै संसदको अवरोध खुले खुलेको छ । सभाषदहरुले मुल्यवृद्धि फिर्ता नलिए सम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गराउदै आएका थिए ।

0 comments
तपाईंको प्रतिकृया