गौतमबुद्ध बिमानस्थल निर्माणका लागी बोलपत्र दर्ता
कमल रायमाझी
भैरहवा,४ चैत ।
लुम्बिनीको प्रबेश द्धार भैरहवामा निर्माणहुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न आब्हान भएको बोलपत्र (टेन्डर)का लागी ७ बिदेशी कम्पनिले निर्माण गर्नका लागी बोलपत्र दर्ता गराएका छन् ।
बोलपत्र दाखिला गर्नका लागी फेब्रुअरी २६ अन्तिम दिन रहेको थियो । बोलपत्र दर्ता गराउने कम्पनिहरुमा पाँच चाईनिज र दुई स्पेनिश कम्पनि रहेको गौतमबुद्ध बिमानस्थल स्तरउन्नती आयोजनाका प्रमुख मुरारी भन्डारीले बताए । बिभिन्न ३७ कम्पनिहरुले बिमानस्थल निर्माणका लागी ईच्छा जाहेर गर्दै बोलपत्र खरीद गरेका थिए । अन्तिम दिन ७ कम्पनिहरुले दर्ता गराएका छन् ,अब थप प्रकृया अघि बढछ,’आयोजना प्रमुख भण्डारीले बताए ।
७ वटै कम्पनिहरुको बिस्तृत अध्ययन हुन्छ,उनिहरुको मुल्यांकन तथा योग्यता सबै अध्ययन गरी छिटै अन्तिम निर्माणकम्पनिको टुंगो लगाउने बिमानस्थल स्तरउन्नती आयोजनाको तयारी छ ।
७ वटै कम्पनिहरुको प्रस्ताबका साथै उनिहरुको अध्ययन,मुल्याकंन दातृ निकाय एशियाली बिकाश बैंक (एडिबी),नागरीक उड्यन प्राधिकरण तथा गौतमबुद्ध बिमानस्थल स्तरउन्नती आयोजना कार्यालयको टोलीले गरेर छिटो भन्दा छिटो टुंगो लगाईने र १ महिना भित्रमा सक्ने तयारीका साथ काम सुरु गर्ने आयोजना प्रमुख भन्डारीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणका लागी पहीलो पटक नोभेम्बर २८ मा बोलपत्र आब्हान (३५ दिने) भएको थियो । त्यतिबेला ईच्छुक निर्माण कम्पनिले बिस्तृत अध्ययन गर्न समय नपुगेको भन्दै ४५ दिन समय थप्न आग्रह गरेका थिए । तर आयोजनाको कार्यालयले १ महिना बढाउदै फेब्रुअरी ११ सम्म का बोलपत्र दाखिलाका लागी समय बढाएको थियो । फेब्रुअरी ११ मा दाखीला गर्नु पर्नेमा कम्पनिहरुले पुनह समय माग गरेपछी फेब्रुअरी २६ अन्तिम तिथी रहने गरी १५ दिनका लागी पुनह म्याद बढाईएको थियो । जस अनुसार बुधबार बिभिन्न ७ बिदेशी कम्पनिले बोलपत्र दाखिला गरेका हुन् ।
निर्माण कम्पनिको छनौट पछी प्रथम चरणमा आबश्यक भौतिक पुर्बाधार(सिभिल वर्क)को काम सुरु हुने छ ।
प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रनवे ,ट्याक्सी वे,अन्तर्राष्ट्रिय टर्मिनल भवन,टावर,प्रशासकिय भवन,आन्तरीक तथा बाह्य पेरीफेरी रोड,एअर कार्गो बिल्डींग,सुरक्षा पोष्ट भवन,बिमानस्थल सडक,नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरु हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको बैकल्पिक बिमानस्थलका रुपमा स्तरउन्नती गरीन लागेको प्रस्ताबित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य सन् २०१७ को जुन २ तारीख सम्म सम्पन्न गर्ने लक्ष्य नागरीक उड्यन प्राधिकरणको रहेको छ । त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलको धावनमार्ग पुनह निर्माणका लागी पनि बैकल्पीक अन्तराष्ट्रिय बिमानस्थलको आबश्यकता भएकोले प्राधिकरण छिटो भन्दा छिटो गौतमबुद्ध बिमानस्थललाई स्तरउन्नती गर्ने योजनामा रहेको हो ।
बिमानस्थल निर्माणका लागी ९० मिलियन अमेरीकी डलर आबश्यक पर्दछ । जुन रकम मध्ये ३८ मिलीयन डलर एडिबीले पहीलानै स्विकृत गरीसकेको छ भने बाकी नपुग रकम मध्ये थप ३० मिलीयन डलरका लागी एडिबी संग पछी माग भएको थियो । अन्य अपुग रकम नागरीक उड्यन प्राधिकरणले ब्यहोर्ने जनाईएको छ । अन्तर्राष्ट्रिय नागरीक उड्यन प्राधिकरण आईकाउको कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको बिमानस्थलमा बोईंग ७७७ सम्मका जहाजहरु अर्थात चौडाई ५२ मिटर देखि ६४.९९ मिटर सम्म रहेका जहाजहरुले उडान र अबतरण गर्न सक्छन् । यस क्षेत्रमा यो बिमानस्थल को स्तरोउन्नती पछि अन्तराष्ट्रिय बिमानहरु समेत सोझै ल्याण्ड गर्ने छन् ।

0 comments
तपाईंको प्रतिकृया