स्थापना दिवशमा प्रभात फेरी र चियापान
बुटवल १६ चैत्र । नेपाल पत्रकार महासंघका ५९ औ स्थापना दिवश आईतवार देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले पनि बुटवलमा प्रभात फेरी तथा चियापान कार्यक्रमको आयोजन गरी दिवश मनाएको छ । शुभेच्छुक विभिन्न संघसंस्था, मिडिया तथा पत्रकार सम्वद्ध संघ संस्था तथा महासंघका पुर्व अध्यक्षहरु कार्यसमिती, साधारणसदस्यहरु सहभागी प्रभातफेरी बुटवलको टफिक चोकदेखी शुरु भई महासंघको सचिवालयमा पुगेर समापन गरिएको थियो ।
महासंघ रुपन्देहीका पुर्व अध्यक्षहरु विनोद पहाडी वालकृष्ण चापागाई तथा अध्यक्ष शेरवहादुर केसीले संयुक्त रुपमा प्रभातफेरीको शुभारम्भ गरेका थिए ।
चियापान कार्यक्रमा सहभागी विभिन्न राजनितीक दल, सामाजिक संघसंस्था, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना पुस्तीकामा लिपिवद्ध गरी आफ्ना अमुल्य सुझाव सल्लाह तथा शुभकामना दिएका थिए ।
एमाओवादीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला संयोजक वामदेव क्षेत्रीले पत्रकार समाजको ऐना भएको उल्लेख गरेका छन । जनताहरुलाई सचेत पार्दे समाज रुपान्तरणमा भुमिका निर्वाह गर्न उनले मिडिया तथा पत्रकारहरुलाइृ सुझाव दिएका छन ।
त्यसै गरी बुटवल नगरका पुर्व मेयर, पुर्व सभाषद तथा नेपाली कांग्रेसका नेता सुर्य प्रसाद प्रधानले महासंघ प्रति आफ्नो गहिरो माया रहेको जनाउदै उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन । उच्च माध्यमिक शिक्षा परिषद बुटवलका प्रमुख सुवास पन्तले कविता शैलीमा शुभकामा व्यक्त गरेका छन । उनको शुभकामना रुपी शब्दहरु यस्तो छ:
सृजनाहरु पलाउन सुकृती र संगतिमा
लेखनीहरु सल्बलाउन विकृती र विसंगतिमा
विचलित नहोउन कलमहरु नबहकिउन भावना
५९ औ स्थापना दिवशको अवसरमा हार्दिक शुभकामना ।
महासंघ रुपन्देहीका पुर्व अध्यक्ष वालकृष्ण चापागाई, विनोद पहाडी, निवर्तमान अध्यक्ष दीपक ज्ञवाली, रुपन्देही उदोग संघका अध्यक्ष वोनिन पिया .एमाअोवादीका शरद ओली, सहायक प्रमुख जिल्ला अधिकारी कौसलराज वस्याल, राजश्व कार्यालय वुटवलका प्रमुख मित्रलाल रेग्मी , इलाका प्रहरी कार्यालयका प्रमुख दिनेश आचार्य, पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल लगायतले पत्रकारिताको गरिमा वढाउन महासंघले भुमिका खेलोस भन्ने शुभकामना दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया