कानुनी शासन कायम गर्छु : गृहमन्त्री
बुटवल १७ चैत । गृहमन्त्री वामदेव गौतमले मुलुकमा कानुनी शासन कायम गर्ने बताएका छन ।
गृहमन्त्री भएको नाताले देशमा कानुनी शासन कायम गरी शान्ति र अमनचयन गर्ने दिलाउने जिम्मेवारी आफ्नो कांधमा आएको बताउदैै कानुन हातमा लिने,दण्डहिनता मच्चाउने,मेहनत नगरी धन कमाउन खोज्नेहरुलाई आफूले नछाड्ने चेतावनी दिए ।
नेपालले एक वर्षभित्र संविधान, स्थानीय निकायको चुनाव, भ्रष्टाचारमा शुन्य सहनशीलता र सुशासन वर्तमान सरकारका प्राथमिक कार्यभार रहेको उनले स्पष्ट पारे ।
सोमबार बुटवलमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय पश्चिम नेपालद्वारा निर्माण गरिने राजयोग सभाहलको शिलान्यास गर्दै उनले अब देशमा हिंसा नभै शान्ति र आर्थिक समृद्धि मात्र आवश्यक रहेको तर्क गरे ।
एमाले उपाध्यक्ष समेत रहेको गौतमले मानव जीवनलाई सार्थक र पूर्ण बनाउन भौतिक समृद्धिसंगै आध्यात्मिक चिन्तन पनि उत्तिकै आवश्यक रहेको तर्क गरे । उनले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाउन गौतम बुद्धले जस्तै ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयले पनि योगदान पुराएको बताए ।

0 comments
तपाईंको प्रतिकृया