Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘स्थानीय निकायको निर्वाचन अपरिहार्य’

बुटवल, १७ चैत । नेकपा एमालेका  सचिव एवं पुर्वमन्त्री विष्णु पौडेलले स्थानीय निकायको निर्वाचन अपरिहार्य भैसकेको बताएका छन ।
 जनप्रतिनिधिको अभावमा स्थानीय निकायको विकासमा अवरोध आएको बताउदै उनले स्थानिय निकायको निर्वाचनको विकल्प नभएको बताए ।
प्रेस चौतारी रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित कार्यसमिति तथा केन्द्रीय पार्षदहरुका लागि आज बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले भने– अन्तरीम कालको लागी भएपनि प्रतिपक्ष दलहरुको समेत सहमतीमा निर्वाचनको मिती तोक्नुपर्छ ।’

एकवर्षभित्र संविधान जारी गर्ने र अन्तरिम स्थानीय निकायको निर्वाचन गर्ने उद्देश्यले वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उनले आफ्नो मिसनमा सरकार सफल भएरै छाड्ने दाबी गरे ।

दुई प्रमुख दल काँग्रेस र एमालेको सफलतामा मात्र यो सरकार नजोडिएको उल्लेख गर्र्दै उनले संविधान निर्माणको राष्ट्रिय अभिभारा पुरा गर्न सरकारलाई सफल बनाइने बताए ।



रुपन्देही क्षेत्र नं. ४ का सभासद समेत रहेका एमाले सचिव पौडेलल विकास गर्नका लागि मन्त्री नै बन्नु नपर्ने भन्दै सञ्चार क्षेत्रको मात्र नभएर समग्र रुपन्देहीको विकासका लागि साझा मुद्दाको पहिचान भएकाले सबैको एकतामा विकासका मुद्दा अगाडि बढाइने बताए ।
एमाले केन्द्रीय सदस्य नेत्र पन्थीले बुटवललाई पत्रकारिताको राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने दिशामा पहल हुनुपर्नेमा जोड दिए ।
प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रदिप आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष मुकेश पोखरेल, केन्द्रीय सदस्य भरत केसी, एमाले जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, प्रचार विभाग प्रमुख तेजेन्द्र केसी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, पुर्व अध्यक्षहरु डिआर घिमिरे, दीपक ज्ञवाली, शान्ति समाजका केन्द्रीय सदस्य गोविन्द खनाल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष लक्ष्मण पौडेल, सचिव बिपि गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



0 comments

तपाईंको प्रतिकृया