दुर्घटनामा २ जनाको मृत्यु, आमाछोरी बेपत्ता
परासी ११ चैत। नवलपरासीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइते मध्ये ८ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएकोृ छ । ना १ ज २०७७ नम्बरको जीप नवलपरासीको खर्चला ७ सिङताङमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीपका चालक दिपेन्द्र फाल र मीनकुमारी झेडीको मृत्यु भएको हो ।
उता चितवनको फिस्लिङमा भएको बस दुर्घटनामा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो दुर्घटनामा परी धनकुटाकी कुमारी लिम्बू र उनकी ११ महिने छोरी दीपिका बेपत्ता भएका हुन् । उनीहरुको खोजी जारी रहे पनि आज बिहानसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
उनीहरु त्रिशूली नदीमा खसेको हुनसक्ने अनुमान गरिएको छ । आइतबार राति भएको सो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मकवानपुर बसामाडीका सवारीचालक ४० वर्षका राजु घिसिङ, सङ्खुवासभा खरङ्गाका ५३ वर्षका दुर्गाबहादुर तामाङ, धनकुटाका ४६ वर्षकी नासुकी लिम्बू र मोरङ इटहरीका गाडी सहचालक गोविन्द खत्री छन् । एक महिलाको भने अझै सनाखत हुन सकेको छैन ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक(९ फिस्लिङमा काठमाडौँबाट धनकुटाका लागि छुटेको ना ४ ख ५८२९ नं। को बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया