Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दश हजार बाख्रालाई निशुल्क पिपिआर खोप

बुटवल २७ फागुन। रुपन्देहीको पर्रोहा गाबिसमा प्रत्येक घरमा रहेका बाख्राका लागि निशुल्क रुपमा पिपिआर खोप प्र
दान गरिएको छ ।
बाख्रालाई महामारी जन्य पिपिआर रोगबाट बचाउनका लागि किसानका घरमा रहेका हरेक बाख्रालाई त्यस्तो खोप निशुल्क रुपमा लगाईएको ग्रामिण स्वाबलम्बन बिकास अभियान रुपन्देहीका प्राबिधिक संयोजक बिष्णु रेग्मीले जानकारी दिए ।

जिल्ला पशु सेवा कार्यालय रुपन्देही र ग्रामिण स्वाबलम्बन बिकास अभियान रुपन्देहीको सहयोगमा गाबिस भरी रहेका दश हजार बढी बाख्रालाई पिपिआर खोप लगाईएको हो । महामारी जन्य पिपिआर रोग रोगथामका लागि कार्यालयले सहयोग गरेको र खोप लगाउनका लागि किसानहरुको पनि उत्साहजनक सहभागिता रहेको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. लक्ष्मण ढकालले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया