नेपालीबाट लाखौं ठगेर विदेशी बेपत्ता
चितवन २० फागुन (रासस) । दुईजना विदेशीले चितवनलगायत जिल्लाका युवासँग लाखौँ रकम ठगेको खुलासा भएको छ । मलेसियामा जागिर लगाइदिने भन्दै उनीहरूले नेपालीलाई ठगेका हुन् ।
चितवन, नवलपरासी र कास्कीका १ सय ११ जनाभन्दा बढी युवासँग करिब ७५ लाख रुपैयाँ ठगेर उनीहरू बेपत्ता भएका हुन् । मलेसियाका नुरुत तोजा र पाकिस्तानी नागरिक मोहम्मद खान नेपाल आई यसरी रकम ठगेर बेपत्ता भएका हुन् । ठगिनेमा चितवनका मात्रै ५४ जना छन् । अन्य पोखरा र नवलपरासीका रहेका छन् ।५० हजार रुपैयाँदेखि एक लाखसम्म उठाएर उनीहरू बेपत्ता भएको भरतपुर चितवनका योगेश थापाले बताए । उनले आफ्ना तीन दाजुभाइबाट दुई लाख रुपैयाँ लगेको बताए । माघ अन्तिम सातासम्म उनीहरू पैसा उठाउँदै विभिन्न जिल्लामा बसेको भए पनि अहिले भने बेपत्ता भएको थापाको भनाइ छ ।
आफूहरू ठगिएको थाहा पाएपछि ती युवा कहिले प्रहरी कार्यालय र कहीले पत्रकारहरूलाई दुखेसो पोख्न भौतारिन थालेका छन् । ठगहरूले गाउँका युवालाई मलेसियाको कम्पनीमा आकर्षक तलब दिनेगरी जागिर लगाइदिन्छु भन्दै पैसा उठाएको पीडितहरूले बताएका छन् । ठगहरूलाई पक्राउ गरी रकम असुलीको मागसहित अफूहरूले हनुमानढोका प्रहरीमा उजुरीसमेत दिएको पीडित विजय विकले बताए ।

0 comments
तपाईंको प्रतिकृया