Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जेठमा स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री

नेपालगन्ज १६ चैत। प्रधानमन्त्री सुशील कोईरालाले जेठ महिना भित्रै स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
आईतबार  प्रेस युनियन बाँकेले नेपालगन्जस्थित कोईराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने(’एक वर्ष भित्र संविधान जारी गर्ने र ६ महिनामा स्थानीय निकायको निर्वाचन गर्ने कुरा उच्च स्तरीय राजनीतिक संयन्त्रमा सहमति भै सकेको छ ।’ उनले जुनसुकै हालतमा जेठमा स्थानीय निकायको निर्वाचन हुने बताए ।
 माओवादीहरु  स्थानिय निकायको निर्वाचनमा  सहभागी हुने उनको भनाई थियो । संविधान निर्माणको लागि बाधा हुने भएकोले माओवादी तथा एमाओवादी  सहमतिमा आउनेमा आफु विश्वस्त रहेको कोइरालाले बताए ।

सिक्टा सिंचाई नहरको विभागीय मन्त्रीसहित स्थलगत निरिक्षण समेत गरेका कोइरालाले आगामी २ वर्ष भित्र सो नहर पुरा हुने र बाँकेका किसानहरुका लागि सुवर्ण अवसर हुने बताए ।

0 comments

तपाईंको प्रतिकृया