निजी विद्यालयले आगामी शैक्षिक सत्रदेखि शुल्क बढाउने
काठमाडौं, २६ फागुन । निजी विद्यालयहरुले आगामी शैक्षिक सत्रदेखि शुल्क बढाउने घोषणा गरेका छन् । सर्वोच्च अदालतले यसअघि नै शुल्क नबढाउन निर्देशन दिएको थियो ।
सर्वोच्चको आदेशलाई लत्याउँदै निजि विद्यालयले एकलौटी ढंगले शुल्क बढाउन लागेका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइनजेसन नेपाल प्याब्सनले सोमबार पत्रकार सम्मेलन गरि शुल्क बढाउने घोषणा गरेको हो ।
निजी विद्यालयहरुले कर्मचारीको तलब बढेको र महंगी पनि बढेको कारण देखाउँदै शुल्क बढाउनुपर्ने बाध्यता रहेको दाबी गरेको छ । प्याब्सनका नव निर्वाचित अध्यक्ष लक्ष्यबहादुर केसीले स्कूलमा कार्यरत कर्मचारीहरुको तलब बृद्धि गर्नुपर्ने भएकोले शुल्क बढाउन लागेको बताए ।
सर्वोच्च अदालतले गत वर्ष तीन वर्षसम्म निजी विद्यालयको शुल्क बढाउन नपाइने भनि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो ।
निजी विद्यालयले मासिक शुल्कमा १८ प्रतिशत शुल्क बढाउने तयारी गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया