Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अफिनको क्षेत्रिय भेला

बुटवल ८ चैत–  एशोसिएसन अफ  प्राईभेट हेल्थ इन्टिच्युलेसन नेपाल (अफिन)को क्षेत्रिय भेलाले राम प्रसाद खरेलको अध्यक्षतामा ९ सदस्यीय क्षेत्रिय समिती गठन गरेको छ ।
अफिनका केन्द्रिय उपाध्यक्ष कुमार थापाको प्रमुख आतिथ्यता महासचिव  गोपीकृष्ण न्यौपानेको विशेष आतिथ्यतामा भएको भेलाले प्रथम उपाध्यक्षमा गणेश प्रसाद ज्ञवाली, उपाध्यक्षतामा नारायण पौडेल, महासचिवमा मुक्तिराज पौडेल, सचिवमा सुन्दर आचार्य,  कोषाध्यक्षमा केदार चन्द्र भुसाललाई चयन गरेको छ ।
त्यसै गरी सदस्यहरुमा महेश श्रेष्ठ, टिकाराम लुईटेल ,अर्जुन पौडेल रहेका छन । भेलाले ७ सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको छ  । लक्ष्मण ज्ञवाली, डा. डि.वी. खत्री , जनक कोईराला,  एजाज आलम, भिम तुलाचन, दोर्णराज सुवेदी डा गोकर्णराज पन्थी सल्लाहकारमा रहेका छन ।
राम प्रसाद खरेलको अध्यक्षता , लक्ष्मण ज्ञवालीको स्वागत तथा नारायण पौडेलको संचालनमा भएको भेलामा प्रमुख अतिथी थापाले स्वास्थ्य संस्थाको स्तरोन्नती गरी जनतालाई सर्वसुलभ सेवा दिन अफिन क्रियासिल रहेको बताए ।
उनले आगामी दिनहरुमा संस्थालाई अझै विस्तार गर्दै देशव्यापाी मनाउने लक्ष्य रहेको बताए । भेलामा  स्वास्थ्य संस्थासंग आवद्ध व्यक्तित्वहरु जनक कोईराला, भिम तुलाचन, डा. गोकर्णराज पन्थी, डा. डि.वी. खत्री, गणेश ज्ञवाली, मुक्तिराज पौडेल, डा. रजनिस जिन्दल लगयतले आ आफनो धाराणा व्यक्त गरेक थिए ।

0 comments

तपाईंको प्रतिकृया