Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्राध्यापकका कारण भैरहवा क्याम्पस धरासायी हुदै

कमल रायमाझी
भैरहवा, ११ चैत ।

 यस क्षेत्रको सबै भन्दा ठुलो क्याम्पस भैरहवा बहुमुखी क्याम्पस प्रध्यापकका कारण धरासायी हुने स्थितिमा पुगेको छ ।
बिभिन्न संकायको स्नातक र स्नाकोत्तर तहमा पढाइ हुने यस क्याम्पसमा अध्यापन गराउने प्रध्यापकहरुले कलेजमा भन्दा निजि कलेजमा समय दिदा  बहुमुखी क्याम्पस धरासायी हुने स्थितिमा पुगेको हो ।
सरकारको नितिमा रहेर क्याम्पस सञ्चालन हुनु पर्नेमा व्यक्तिगत फाइदामा प्राध्यापक लाग्नाले क्याम्पसको स्थिति नाजुक अवस्थामा हुन पुगेको सरोकारवालाहरुको धारण रहेको छ ।भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. घनश्याम न्यौपानेले त्रि.बि. को नियम पालना गर्नका लागी पटक पटक प्राध्यापकलाई क्याम्पसले निर्देशन दिए पनि  प्राध्यापकहरुले  बेवास्था गर्ने गरेको  बताए ।
त्रिबिको नियम अनुसार प्राध्यापकले आफ्नो सिफ्टमा एउटा भन्दा अर्को कलेजमा अध्यापन गराउन नपाइने रहेको छ । तर यस क्याम्पसमा रहेका ९८ जना प्राध्यापक लगभग सबैले सरकारी कलेजलाई बेवास्था गर्दै प्राइभेटमा समय दिने गरेका छन् ।
क्याम्पसका स्वबियु सचिव चक्र थापा भन्छन–’ पटक पटक आन्दोलन र चेतावनी दिदा सम्म प्राध्यापकले नियमको उल्लघन गरिरहेका छन् ।’  पहिलो पिरियड सरकारी कलेजमा दोस्रो पिरियड निजमा र तेस्रो पिरियड पुन सरकारी क्याम्पसमा एउटै प्राध्यापकले गर्दा निजिमा पुरा पढाउने र सरकारीमा आउदा १० मिनेट ढिला र जादा पनि १० मिनेट छिटो गरी निजी तिरै जादा सरकारी कलेजमा पढने बिद्यार्थीहरु मारमा परेका छन् । सरकारी निति नियमको उल्लघन गर्दा समेत कसले यीनीहरुलाई कार्वाही गर्ने त भन्ने बिषयमा भैरहवा बुहमुखी क्याम्पसमा बहस हुने गरेको बिद्यार्थी नेता भुवन पौडेल बताउनुहुन्छ ।  नेता पौडेलले कलेजमा प्राध्यापक का कारण हजारौ बिद्यार्थीको भबिष्य अन्योलमा परेको जनाउदै यसका बिषयमा त्रिबि गम्भिर भएर लाग्नुपर्ने समेत सुझाव दिए  ।बिभिन्न स्थानमा अक्तियार दुरुपयोग अनुसन्धान कार्यालय बाट अनुसन्धान हुने गरे पनि हजारौ बिद्यार्थीहरको भबिस्य अन्योल पार्ने यी प्राध्यापकलाई कहिले र कसले कार्बाही गर्ला भन्ने प्रतिज्ञामा यहाका बिद्यार्थीहरु रहेको देखिन्छ । ९८ जना प्राध्यापक,३४ जना कर्मचारी  यस क्याम्पसमा कार्यरत रहेका छन् भने २५ सय जना बिद्यार्थीहरुले अध्यायन गरिरहेका छन् ।

0 comments

तपाईंको प्रतिकृया