Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उद्योगी व्यवसायी महासंघमा संगठित हुदै

बुटवल, ६ चैत । एमाओवादी निकटका उद्योगी व्यवसायीको भेलाले राष्ट्रिय उद्योग वाणिज्य संघ रुपन्देही संस्था स्थापनाको लागी  जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ । 
बुटवल भैरहवा तथा आसपासका व्यवसायीहरुको विहिवार बुटवलमा सम्पन्न भेलाले बाबुराम पोखरेलको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन  आयोजक समिति गठन गरेको हो । सम्मेलन आयोजक समितिमा विघठित नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन भैरहवाका अध्यक्ष मनिषकुमार जोशी, बुटवल अध्यक्ष खिमनारायण पराजुली,देवदह अध्यक्ष गोबिन्द ठडराई लगायत रहेका छन् । समितिले एक महिनाभित्र सम्मेलन गरी नयां नेतृत्व चयन गर्ने बताइएको छ ।
केन्द्रमा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन र राष्ट्यि उद्योग व्यापार महासंघ मर्ज भई राष्ट्रिय उद्योग वाणिज्य महासंघमा रुपान्तरण भएकाले जिल्लाहरुमा पनि सममेलन आयोजना गर्न लागिएको जनाईएको छ । 
भेलामा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वामदेव क्षेत्रीले स्वाधीन अर्थतन्त्र निर्माणका लागि राष्ट्रियता पक्षधर उद्योगी ब्यावसायीहरु संगठित हुन आवश्यक रहेको बताए । उनले नेपालको अर्थतन्त्र पराधीन बन्दै  र ब्यापार घाटा बढ्दै गएकाले औद्योगिकरण र ब्यापार विविधिकरणमा केन्द्रीत हुन सुझाव दिए । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य दधिराम न्यौपानेले उद्योगी व्यावसायीको हक अधिकारका लागि  अग्रगामी विचार बोक्ने उद्योगी व्यवसायीहरु एक ठाउंमा संगठित हुनुपर्नेमा जोड दिए । 
उद्योगी व्यवसायी गणेश अधिकारीको संचालनमा भएको भेलामा
विघठित नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलका अध्यक्ष खिमनारायण पराजुली, भैरहवाका उपाध्यक्ष खिमबहादुर खत्री,देवदहका अध्यक्ष गोबिन्द ठडराई लगायतले प्रतिवेदन पेश गर्र्दै संगठित भई महासंघको छातामा रहन उद्योगी व्यवसायी तयार रहेको बताएका थिए ।

0 comments

तपाईंको प्रतिकृया