टी—ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
बुटवल,२१ फागुन । बुटवल क्रिकेट विकास समितिको आयोजनामा यही फागुन २३ गतेदेखि बुटवलमा अञ्चल कलेज स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बुटवल १५ सालघारीस्थित जबई खेल मैदानमा चैत १ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही,पाल्पा,नवलपरासी र कपिलवस्तुका १६ कलेजले प्रतिस्पर्धा गर्ने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने बुटवल क्रिकेट विकास समितिका अध्यक्ष गंगाराम सुनारले जानकारी दिनुभयो । यस्तै प्लेयर अफ दि सिरिजलाई ३ हजार तथा बेस्ट ब्याट्सम्यान,बेस्ट बलर र प्लेयर अफ द म्याच हुने खेलाडीलाई २ हजारका दरले नगद पुरस्कार दिइने आयोजकले जनाए ।
१ लाख ५० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कारका लागि वाईवाई चाउचाउको उत्पादक चौधरी ग्रुपले ४५ हजार रुपैयां सहयोग गर्ने ग्रुपका एरिया इन्चार्ज गोबिन्द शर्माले जानकारी दिए । क्रिकेट खेलको विकास र खेलाडी उत्पादनमा टेवा पुराउने उद्देश्यसहित हालै मात्र स्थापित बुटवल क्रिकेट विकास समितिले एक वर्षमा १० वटा प्रतियोगिता गर्ने लक्ष्य लिएको अध्यक्ष सुनारले बताए ।

0 comments
तपाईंको प्रतिकृया