सरकारलाई सघाउन समन्वय समिति
काठमाडौँ १० चैत । सत्तारुढ दुई दल कांग्रेस र एमालेको संयुक्त बैठकले सरकार सञ्चालनलाई सहज बनाउन पार्टीको शीर्ष नेतृत्वमा रहेका नेताहरुवीच आपसमा भेटघाट तथा छलफलका लागि संयुक्त सरकार समन्वय समिति गठन गरेको छ ।
सोमवार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले दुवै दलबाट ५/५ जना शीर्ष नेताहरु रहने संयक्त सरकार समन्वय समिति गठन कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
सिटौलाका अनुसार समितिमा कांग्रेसवाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहेका छन् । यस्तै एमालेबाट अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका नेता केपी ओली, उपाध्यक्ष एवम् गृहमन्त्री बामदेव गौतम र महासचिव इश्वर पोखरेल रहेको सिटौलाले वताए ।

0 comments
तपाईंको प्रतिकृया