Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
महगोमा किनेर सस्तोमा बेच्न सकिदैन : पोख्रेल

बुटवल १ चैत्र । पेटा्ेलिय पदार्थमा भएको मुल्यबृद्धिको चौतर्फी विरोध भईरहेका बेला सरकारमा सहभागी एक राजनितीक दलका नेताले पेटेलियम पदार्थ महगोमा किनेर सस्तो लोकप्रियताको लागी सस्तोमा बेच्न नसकिने बताएका छन ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले महगो डलरमा किनेर ल्याएको बस्तु सस्तोमा बेच्न नसकिने बताए ।  प्रेस चौतारी रुपन्देहीले आज विहान गरेको पत्रकार सम्मेलनमा उनले भने — सस्तोमा बेच्ने पपुलारिटी कुरा कहिले सम्म गर्न सकिन्छ ?’ उनले मुल्य वृद्धि फिर्ता लिन नसकीने संकेत गर्दे मुल्यमा के कति समायोजन गर्न सकिन्छ हेर्न सकिने बताए ।
 नेता पोख्रेलले आयाल निगममा भएको चुहावट, ओभर कर्मचारी समस्या भए समाधान गर्नु पर्ने बताए ।  अअन्तराष्टिय बजारमा पेटेलिय पदार्थमा मुल्यवृद्धि भएको बताउदै त्यसको असर नेपाली बजारमा देखिएको बताए । द्धन्द्धका कारण तेल उत्पादक मुलुकहरुमा क्राईसिस भएकाले अन्तराष्ट्यि बजारमा तेलको मुल्य बढेको उनको भनाई थियो ।
नेता पोख्रेलले सरकारले तत्काल स्थानिय निकायको निर्वाचनको मिती तोक्नु पर्ने बताए । एमाओवादीले चुवावी घोषणा पत्रमा संविधान जारी नहुदै स्थानिय निकायको निर्वाचन गर्ने उल्लेख गरेको बताउदै अहिले निर्वाचन गराउन हुन्न भनेर बुझिनसक्नु कुरा गरेको उनले बताए ।

0 comments

तपाईंको प्रतिकृया