Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भलिवल प्रतियोगिता शुरु

डाउन टाउन र बुटवल विजयी
बुटवल ३० फागुन – स्वर्गिय रोटरीयन कमलराज पाठकको स्मृतीमा रोटयाक्ट क्लव अफ वुटवल साउथको आयोजनामा इन्टर रोटरी रोट्याक्ट भलिवल प्रतियोगिता शुक्रवार देखी शुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक टिमलाई रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनले पराजित गरेको छ । पहिलो खेल २२–२५ र अर्काे खेल १८–२५ मा सकिएको थियो । त्यसैगरी रोटरी क्लव अफ वुटवल वाक ओभरवाट  सेमी फाईनमा पुगेको छ ।  रोटरी क्लव अफ रुपन्देही खेलमा नआएपछि  बुटवललाई सेमीफाईनलको यात्राको लागी अवसर जुटेको हो  ।
त्यसै गरी रोटरी क्ल अफ वुटवल डाउनटाउन ले रोटरी क्लव अफ तिलोत्तमालाई पराजित गरेको छ । प्रतियोगितामा रोटयाक्ट क्लवको ५ र रोटरी क्वलको ५ टिम गरी १० टिमको सहभागिता रहेको आयोजक क्लवका सचिव वालकृष्ण भण्डारीले जानकारी दिए । क्लवका अध्यक्ष युवराज ढकालको अध्यक्षता  जिल्ला भलिवल संघ रुपन्देही अध्यक्ष  विष्णु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको  उद्घाटन कार्यक्रममा भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया