Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्लाष्टीक झोला मुक्त नगर वनाउने अभियानमा एस्कोन

बुटवल १६ चैत–  प्लाष्टीकको झोला प्रयोगले वातावरणमा असर पुग्ने भएकाले त्यसको प्रयोगलाई निरुत्साहीत गर्न अभियान चलाईएको छ ।
 स्वमसेवी भावनाले समाजसेवाामा क्रियासिल एक्टीभ सोसियल सर्कल  अफ नेपाल एस्कोन बुटवलले जनचेतना मुलक कार्यक्रम अन्तर्गत पर्चा वितरण गरेको हो । प्लाष्टीकका झोला प्रयोग नगरौ, टोल समाजलाई सफा राखौ भन्ने सन्देश दिने पर्चा सनिवार वितरण गरिएको संस्थाका अध्यक्ष केदार प्रसाद खनालले जानकारी दिए ।
 औपचारिक कार्यक्रम गरी बुटवल ५ गोलपार्कबाट पर्चा वितरण शुरु गरी एको थियो । सस्थाका अध्यक्ष खनालको अध्यक्षता , लेखा समिती संयोजक कमल थापा क्षेत्रीको संचालनमा भएको कार्यक्रममा  सल्लाहकार नारायण नेपाल, निवर्तमान अध्यक्ष खेम जिसी लगायतले बुटवल बजारलाई खुल्ला प्लाष्टीक झोला मुक्त  अभियानमा सहयोग पुराउन सवैलाई आग्रह गरे ।
वुटवलको टफिक , हस्पीटल, बसपार्क,  मिलनचोक चौराहा नेपाल गञ्ज रोड अमरपथ र हाट बजारमा पुगी पर्चा वितरण गरिएको थियो ।  बुटवल नगरपालिकासंग सहकार्यमा करिव ३ हजार प्रति प्रर्चा वितरण गरिएको एस्कोनले जनाएको छ । 

0 comments

तपाईंको प्रतिकृया