Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कुखुराको अण्डाले बनिन् आमा

कुखुराको अण्डाबाट चल्ला उत्पादन हुन्छ । यसो सवैलाई थाहा भएकै कुरा हो । तर, कुखुराको अण्डाबाट कोही महिला कसरी सुन्दर छोरीको आमा बन्न सक्छिन ? आखिर बिज्ञानको आबिस्कार न हो, यहाँ जे पनि सम्भव छ ।
तस्वीरमा देखाइएकी युवती हुन( बेलायतकी लरेन डोङ्की । बिबाह भएयता उनले आमा बन्ने रहर गरेको निकै बर्ष भइसक्यो । तर, हरेकपटक उनको गर्भ खेर गइरह्यो । ६/६ पटक गर्भ खेर जाँदा उनी हैरान र निराश भइसकेकी थिइन् । चिकित्सकहाँ गएर अनेक उपचार गराउँदा पनि उनको गर्भ बस्न सकेको थिएन् ।

चिकित्सकहरुका अनुसार उनको पाठेघरमा यस्तो खतरनाक जिवाणु थियो जसले उनको गर्भ हुर्किन नदिइ नष्ट गर्दथ्यो ।आखिर उनलाई कुखुराको अण्डा ‘बुटी’ सावित भयो जसका कारण उनलाई आमा बन्ने सौभाग्य मिल्यो ।‘एग योल्क’ नामक यो उपचारबिधिमा चिकित्सकहरुले कुखुराको अण्डाको पहेंलो भाग भटमासको तेल, ग्लिसिरिन र पानीमा घोलेर स्लाइनका रुपमा रगतमा पठाए । यसबाट उनको पाठेघरमा रहेको किलर सेलको प्रभाव कम भयो । नभन्दै उनी आमा बन्न सफल भइन् ।

छोरीलाई हातमा लिँदा निकै आनन्द र अनौठो महसुस भयो’( उनले भनिन( ‘मैले बच्चालाई जन्म दिएँ भन्ने थाहा पाउँदा खुसीले निकै रोएँ ।’

उनी १७ बर्षको उमेरदेखि नै आमा बन्ने धाउन्नमा थिइन् । जन्मिन नसकेका ६ वटा बच्चाका लागि उनले कपडा किन्न हजारौं पाउण्ड खर्च गरेको मिरर दैनिकलाई बताइन् ।

0 comments

तपाईंको प्रतिकृया