Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उपलब्धि बुझाउन सकिएन: रायमाझी

बुटवल, २१ फागुन । एकीकृत नेकपा माओवादीका राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा पूर्व स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले परिवर्तनका उपलब्धि जनतालाई बुझाउन नसक्दा एमाओवादी चुनावमा पछि परेको बताएका छन । 
 ‘जनताले हामीलाई मन नपराएका हैनन्, हामी पनि अलिकति बिग्रन लागेकाले सब सिकाएका हुन्, प्राप्त उपलब्धिलाई बुझ्न र बुझाउन मेहनत ग¥यौं भने सफल भइछाड्छौं ।’ एकीकृत नेकपा माओवादी रुपन्देहीले बुटवल–१३ माझगाउ“मा निर्माण गर्न लागेको सहिद स्मृति भवनको शिलान्यास तथा जनयुद्धका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान कार्यक्रममा उनले भने ।

आफू भौतिक योजना तथा निर्माण मन्त्री हु“दा बुटवल–सुनौली सिक्स लेन सडक योजना स्वीकृत भएको बताउदै उनले भने ‘हामीले गरेको कामको पनि जस लिन सकेनौं, जनयुद्धकै बलमा राजतन्त्र अन्त्य भयो, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता जस्ता उपलब्धि प्राप्त भयो तर त्यसलाई गलत ढंगले व्याख्या गरियो ।’
राष्ट्र र राष्ट्रियताप्रति समर्पित सहिदहरुको भावना बा“चेकाहरुले पूरा गर्नुपर्ने भन्दैं उनले  आफूहरु लडाइ“को मोर्चामै रहेकोले अलिकति पछाडि पर्दा आत्तिनु नहुने बताए ।
जनयुद्धका क्रममा ज्यान गुमाएका नारायण घिमिरेकी श्रीमती शारदा घिमिरे (लता) ले सहिदहरुले के का लागि ज्यान गुमाए, त्यसको मूल्यांकन हुनुपर्ने बताईन । 
एमाओवादी रुपन्देही जिल्ला सम्मेलन आयोजक समितिका संयोजक वामदेव क्षेत्रीले एमाओवादीको सम्पत्तिको रुपमा सहिद परिवार रहेको एमाओवादीको एजेण्डा अग्रगामी रहेकाले आफूहरूको उद्देश्य सफल भइछाड्ने बताए ।
सो अवसरमा प्रमुख अतिथि रायमाझी र एमाओवादी नेता क्षेत्रीले जनयुद्धका सहिद तथा बेपत्ताका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया