अखिल क्रान्तिकारीद्धारा चक्काजाम
बुटवल ३० फागुन– सरकारले पेटा्ेलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा एमाओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले बुटवलमा आधा घण्टा चक्काजाम ग¥यो ।
अखिल क्रान्तिकारी रुपन्देही जिल्ला समितीको आयोजनामा शुक्रवार ६ वजे देखी साढे ६ वजे सम्म बुटवल वहुमुखी क्याम्पस अगाडी चक्काजाम गरी विरोध जनाएको हो ।
प्याब्सनले गर्न लागेको शुल्क वृद्धि र पेटोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले निरन्तर आन्दोलन गर्ने प्रचार विभाग प्रमुख नारायण पाण्डेले जानकारी दिए । चक्काजाम पछि आयोजित कोण सभामा अखिल क्रान्तिकारीको जिल्ला संयोजक दामोदर घिमिरेले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिले जनताको ढाड सेक्ने काम गरेको बताउदै तत्काल फिर्ता नलिए शसक्त आन्दोलन गर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया