निर्यात बढाउन सकेमा अर्थतन्त्र बलियो : राष्ट्पति
काठमाडौँ २२ फागुन – राष्ट्पति डा. रामवरण यादवले आयातलाई प्रतिस्थापना गर्दै निर्यात बढाउन सकिएमा मात्र अर्थतन्त्र बलियो हुन सक्ने बताएका छन । निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई बलियो बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा आयोजित तेस्रो संस्करणको मेला उद्घाटन गर्दे भने “ निर्यातलाई वढाउन सकियो भने अर्थतन्त्र बलियो हुन्छ ।’
उनले नेपालमा वाह्य लगानी र प्रविधि आकर्षण गर्न एवम् बजार प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । फागुन २६ गतेसम्म सञ्चालन हुने मेलाका आकर्षणका रुपमा नेपाली जडीबुटी, निर्यात हुने नेपाली गलैँचा, हस्तकला, काष्ठकला, ‘एक जिल्ला एक उत्पादन’का वस्तु रहेका छन् । विभिन्न नेपाली परिकार तथा बहुमूल्य गरगहना पनि मेलामा राखिएका छन् । साथै भारत, चीन, पाकिस्तान, बङ्गलादेश, भुटान, थाइल्यान्डका उत्पादनहरु अन्तर्राष्ट्रिय मेलामा राखिएका छन् ।

0 comments
तपाईंको प्रतिकृया