चीन विरोधी गतिविध नगर्न गृहमन्त्रीको चेतावनी
काठमाडौं ८ चैत। उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नेपाली भूमिमा बसेर शरणार्थीको चीन विरोधी गतिविधि नगर्न तिब्बती शरणार्थीलाई चेतावनी दिएका छन् ।
उनले भनेका छन ‘शरणार्थीको नाममा नेपालमा पसेर अराजकता मच्चाउने छुट कसैलाई पनि छैन’। राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सातौँ सम्मेलनको उद्घटन गर्न बौद्ध पुगेका गृहमन्त्री गौतमले तिब्बती शरणार्थीलाई चीन विरोधी गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
सरकारले गुण्डागर्दीविरुद्ध कडा कदम चालेकाले कानुन हातमा लिन खोज्नेलाई ठीक पारिने गृहमन्त्री गौतमले बताए । गौतमले सत्य निरूपण तथा मेलमिलाप आयोग तत्काल गठन गरिनेसमेत बताए । द्वन्द्वकालमा भएका मानव अधिकार हननका घटनालाई आयोगमार्फत समाधान गर्नुपर्ने गौतमले जिकिर गरे ।

0 comments
तपाईंको प्रतिकृया