Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
खेलाडीलाई नागरिक सम्मान

कमल रायमाझी
भैरहवा १६ चैत ।

बंगलादेशको चित्तागोंगमा जारी आईसीसी टि २० वल्र्डकप क्रिकेट प्रतियोगितामा उत्कृट प्रदर्शन गर्दै विश्वलाई चकित पार्ने भैरहवा क्षेत्रका ५ खेलाडीलाई भैरहवामा आइतबार  सम्मान गरिएको छ ।
रुपन्देही क्रिकेट सँघ, क्षेत्रिय क्रिकेट बिकास समिती क्षेत्र न ४ भैरहवा र प्रतिमान निमा स्मृति प्रतिष्ठानको सयुक्त आयोजनामा गरिएको नागरिक सम्मानमा भैरहवाबासीको उल्लेखनिय सहभागिता रहेको थियो । दिउसो २ बजे गौतम बुद्ध बिमानस्थलका आर्लिएका शक्ति गौचन, बसन्त रेग्मी, अमृत भट्टराई,राहुल कुमार बिक र सागर पुन लाई बिमानस्थलमा जम्मा भएका हजारौ जिल्लाबासीले भब्य स्वागत गरेका थिए । पाँचै जना खेलाडीलाई बिमानस्थलबाट बिषेश रुपमा सजाईएको सवारी साधनमा नगर परिक्रमा गराईएको थियो ।
नगर परिक्रमा गराईदा नगरबासीले सडक किनारमा बसेर खादा माला लगाएर स्वागत गरेका थिए । स्थानिय सिद्धार्थनगर उद्योग बाणिज्य सँघको सभा हलमा आयोजित नागरिक सम्मान कार्यक्रममा रुपन्देही क्षेत्र न २ का सभासद दिपक बोहराले घोषणा गरेका पाँचै जना खेलाडीलाई जनही एक लाख रुपैया र कदर पत्रले सम्मान गरेका थिए । सभासद बोहोराले खेलाडीहरुको औसला बढाउन आफुले ससंदबाट पाउने परीश्रीकबाट उक्त पुरस्कार दिएको बताए । उनले भैरहवामा अन्तराष्टिय स्तरको क्रीकेट मैदान निमार्णकोलागी पनि पहल र सक्दो आर्थीक सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । 
सम्मानीत भएपछि बोल्दै खेलाडी शक्ती गौचनले भैरहवामा अन्तराष्टिय स्तरको क्रीकेट मैदान निमार्ण भए यस क्षेत्रबाट राष्टिय खेलाडी पनि थपीने र त्यसबाट अन्तराष्टिय खेल जित्न पनि सकीने बिस्वास ब्यक्त गर्दै छिटो भन्दा छिटो भैरहवामा अन्तराष्टिय क्रीकेट मैदान निमार्ण गरीनु पर्ने बताए । रुपन्देही क्रीकेट सघ.का अध्यक्ष प्रसान्त बिक्रम मल्लको सभापतित्व, क्षेत्रीय सचिव बसन्त साहीको सचांलनमा भएको कार्याक्रममा सह सचिव हरी थापाले स्वागत मन्तब्य राखेका थिए ।

विश्वकपमा पहिलोपटक प्रवेश पाएको नेपाली राष्ट्रिय टिमले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । पछिल्लो सुपर टेनमा प्रवेश गर्ने खेलको रुपमा खेलिएको अन्तिम प्रतियोगितामा बंगालदेशसंग हार बेहोरेता पनि नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको थियो ।
जिल्लाका खेलाडीहरु अहिले विभिन्न विभागीय टोलिबाट खेलेतापनि उनीहरुप्रति हाम्रो दायित्व रहने हुदा हौसला अभिवृद्धि गर्न सम्मानको कार्यक्रम आयोजना गरिएको आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम जनाए । सम्मानले आफुहरुलाई अत्यन्तै गौरावान्तित बनाएको सम्मानीत खेलाडी खेलाडी शक्ति गौचनले जनाए ।

0 comments

तपाईंको प्रतिकृया