Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पचास प्रतिशत मासु पसल मापदण्ड विपरित

उपभोक्ता स्वस्थ्यकर मासु उपभोग गर्नबाट बन्चित
सुपरखबर डट कम संवाददाता
बुटवल ७ चैत

 सम्वन्धीत निकायको वेवास्ताको कारण मासु जा“च ऐन पूर्ण रुपमा कार्यान्वयन  हुन नसक्दा उपभोक्त स्वस्थ्यकर मासु उपभोगवाट बन्चित भएका छन । 
यहांका ५० प्रतिशत भन्दा वढि मासु पसलले मासु जांच ऐन २०५५  अनुसार हुनुपर्ने न्युनतम मापदण्ड पनि पुरा नगरेको पाईएको छ ।  मासु पसलमा टायल, जाली अनिवार्य लगाउनु पर्छ । डि फ्रिज  न्युनतम मापदण्ड भित्र पर्दछ । अधिकांस मासु पसलामा सरसफाईको अवस्था निकै नाजुक छ । रुपन्देही जिल्लामा संचालनमा रहेका करिव ५० प्रतिशत मासु पसल मापदण्ड विपरित संचालित छन । मासु जाच ऐनमा पसलमा जाली, टायल, डिफ्रिज, न्युनतम मापदण्ड भित्र पर्छ । तर न्युनतम मापदण्ड पनि पुरा नगरी मासु पसल संचालन भएपनि सम्वन्धीत निकाय मौन छ ।
बुटवलका मासु व्यवसायलाई व्यवस्थित वनाउन तथा गुणस्तरमा सुधार ल्याउन थ्रिपि अवधारणमा अनुसार बुटवल १२ रामनगरमा पशुवधशाला निर्माण शुरु भएको  पनि वर्षाे विती सक्यो । त्यसले अहिले सम्म पुर्णता पाउन सकेको छैन । जसले गर्दा पनि बुटवलवासी गुणस्तरीय मासु उपभोग गर्नबाट वन्चीत छन । बुटवल नगरपालिका  जिल्ला पुश सेवा कार्यालयको वेवास्ताले पशुवधशाला निर्माण पुरा हुन नसेको मासु व्यवसायी आरोप लगाउछन । मासु व्यवसायी दीपक आचार्य पशुवधशालाको नाममा वजेट सकाउने मात्र काम भएको बताउछन । ‘पशुवधशाला वनाउन होईन पैसा सक्ने मात्र काम भएको छ ।’ उनी भन्छन– यदी वनाउने हो भने सम्वन्धीत निकायले किन चासो दिदैन ।’
 मासु व्यवसायी संघ  नेपाल रुपन्देहीका पुर्व सचिव समेत रहेका उनले बुटवलको मासु पसल व्यवसायलाई व्यवस्थीत वनाउन पशुवधशालाले ठूलो भुमिका खेल्ने अपेक्षा गरिपनि निर्माण ढिलाईले मासु व्यवसायलाई व्यवस्थीत वनाउन नसकिएको दावी गर्छन । 
त्यसो त मासु पसल न्युनतम मापदण्ड पुरा नभएको वारे पनि स्वंय मासु व्यवसायी जानकार छन । उनिहरु भन्छन– काम चलेकै छ किन झण्झट गर्नु परयो? ’ मासु व्यवसायीहरुको संस्थाका पदाधीकारीहरु नै रुपन्देही जिल्लामा रहेका अहिले ५० प्रतिशत मासु पसल मापदण्ड विपरित भएको बताउछन । उनीहरुको भनाई अनुसार यो धेरै सुधार भएको अवस्था हो । मासु व्यवसायी संघ  नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल ५० प्रतीशत मासु पसलले न्युनतम मापदण्ड पुरा नगरेको स्वीकार गर्छन । उनि भन्छन– यो धेरै सुधार भएको अवस्था हो । यस अघि अवस्था झन विकराल थियो ।’
 वुटवल नगरपालिका स्थानिय प्रहरी प्रशासन, पशु सेवा कार्यलय र मासु व्यवसायी संघको संयुक्त पहलमा वुटवलको मासु पसललाई व्यवस्थीत वनाउन प्रयास गरिएको उनको भनाई छ । उनका अनुसार बुटवलका ८५ प्रतिशत मासु पसल मापदण्ड पुरा गरेका छन । समग्र जिल्लाको सन्दर्भमा अझै ५० प्रतिशत मासु पसल न्युनतम मापदण्ड वाहिर छन । अनुगमन गर्ने निकायको निष्कृयताले अहिले बुटवलका वा“की पसल मापदण्डमा ल्याउन नसकिएको उनले बताए ।
मासु व्यवसायीहरुका अनुसार मापदण्ड विपरितका अधिकांस मासु पसल सानो लगानीमा संचालित छन ।  गुणस्तरमा सुधार गर्ने भन्दा पनि वढि विक्रि मै उनिहरुको ध्यान छ । रुपन्देही जिल्ला करिव २ हजार मासु पसलहरु रहेका छन । संघमा आवद्ध भएको मासु पसलले मापदण्ड र गुणस्तरलाई ध्यान दिने प्रयास गरेको संघका पदाधीकारीहरु बताउ“छन । अध्यक्ष पौडेल भन्छन–हामीलाई कारवाही गर्ने अधिकार छैन । सम्वन्धीत निकायको निष्कृयताले मापदण्ड भित्र ल्याउन सकिएको छैन । ’
संघका महासचिव विरेन्द्र रानाले संघको पहलमा मापदण्ड वाहिर रहेका मासु पसललाई मापदण्ड पुरा गर्न लगाएको बताए । व्यवसायीहरुलाई नै मासु सम्वन्धी ज्ञानको अभावरहेकाले सम्वन्धीत निकायले तालिन गोष्ठीको आयोजना गरेका मासु पसललाई व्यवस्थीत बनाउन सहयोग मिल्ने उनको भनाई छ ।

0 comments

तपाईंको प्रतिकृया